आइडब्लूयूएफ एथलिट अफ द इयर २०२२ को विभिन्न विधामा मनोनय

164

इलाम । १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता इलामकी जुनी राईसहित ३ खेलाडी अन्तर्राष्ट्रिय उसु महासंघको आइडब्लूयूएफ एथलिट अफ द इयर २०२२ को विभिन्न विधाको मनोनयमा परेका छन्।

जुनीसहित दीपक हमाल र एलिस मरिक मनोनयनमा परेका हुन्। सन् २०१९ मा काठमाडौंमा भएको १३ औं सागकी स्वर्ण पदक विजेता जुनी उसुको सान्डातर्फ एथलिट अफ दि एयरको मनोनयमा परेकी हुन्।

जुनीसहित भारत, चीन, फ्रान्स र हङकङका खेलाडी सो विधामा मनोनयमा परेका छन्। १३ औं सागमा स्वर्ण जितेका दीपक उसुको थाउलो एथलिट अफ दि इयरको मनोनयमा परेका हुन्। न्यूजिल्यान्ड, इजिप्ट, चिनलगायतका १० खेलाडी सो विधाको मनोनयमा परेका छन्।

एलिसले गत डिसेम्बरमा इन्डोनेसियामा जुनियर च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए। उनी उसुको थाउलोतर्फ राइजिङ स्टार अफ दि इयरको मनोयनमा परेको आइडब्लूयूएफको वेभसाइडमा उल्लेख गरिएको छ।

एलिससँगै सो विधामा न्यूजिल्यान्ड, चीन, इटाली, फ्रान्स र दक्षिण कोरियाका खेलाडी मनोनयमा परेका छन्। जुनी नेपाल पुलिस क्लब, दिपकले कर्णाली र एलिस प्रदेश १ बाट राष्ट्रिय प्रतियोगिता खेल्छन्। आईडब्लूयूएफको वेबसाइटमा गएर फेब्रुअरी १८ सम्म उनीहरुलाई भोट गर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here