रोनाल्डोले ‘हाई प्रेस्टिज स्पोर्ट्स मेरिट’ अवार्ड पाए

34

एजेन्सी । पोर्चुगिज फुटबल महासंघले राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई सम्मान गरेको छ। बिहिबार आयोजित एक विशेष कार्यक्रममा बीच पोर्चुगिज फुटबल महासंघले रोनाल्डोलाई ‘हाई प्रेस्टिज स्पोर्ट्स मेरिट’ अवार्डबाट सम्मान गरेको हो।

क्यासिनो एस्टोरिलमा भएको २६ औं स्पोर्ट्स गालामा क्रिस्टियानो रोनाल्डोलाई ‘हाई प्रेस्टिज स्पोर्ट्स मेरिट’ अवार्ड प्रदान गरियो। सो कार्यक्रममा अवार्ड थप्न रोनाल्डो भने पुगेनन्। यधपी उनले एक भिडियो सन्देश मार्फत अवार्ड भने स्वीकार गरे।

पछिल्ला वर्षहरुमा जस्तो सन् २०२२ मा उच्च प्रदर्शन गर्न नसकेपनि रोनाल्डोले खराब प्रदर्शन भने गरेनन्। रोनाल्डोले सन् २०२१ मा पोर्चुगललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए।

तर विश्वकपमा भने रोनाल्डोको प्रदर्शन खास रहेन। विश्वकपमा उनले एक गोल मात्रै गर्न सके। विश्वकपमा उनले पोर्चुगलको राष्ट्रिय टोलीको सुरुवाती ११ मा पर्न समेत संघर्ष गर्न परेको थियो।

सन् २०२२ रोनाल्डोका लागि तनाव पूर्ण रह्यो। सन् २०२१-२२ को सिजनमा म्यानचेस्टर युनाइटेडको तर्फबाट ३८ खेलमा २४ गोल गरेपनि नयाँ सिजनमा भने उनले टोलीका लागि प्रदर्शन गर्ने खासै राम्रो अवसर पाएनन्।

युनाइटेडमा मौका पाउन नसकेपछि रोनाल्डो चुप लागेर बस्न सकेनन्। विश्वकप अगाडी उनले युनाइटेड माथि विभिन्न आरोपहरु लगाए। उनले युनाइटेडले आफूलाई धोका दिएको आरोप लगाएका थिए।

एक अन्तर्वार्तामा क्लब माथि नै प्रहार गरेपछि क्लब र उनी बीचकोसा सम्झौता आपसी समझदारीमा रद्द गरियो। सम्झौता रद्द भएपछि सन् २०२२ कोया अन्त्यमा उनी साउदी क्लब अल नासरमा आवद्ध भए। रोनाल्डोले अल नासरमा फुटबल इतिहाँसकै उच्च पारिश्रमिक पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here