लुम्बिनी प्रदेश सरकारका नवनियुक्त सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण

58

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । शनिबार पुनःगठन भएको मनित्रपरिषद्मा एमालेबाट ३ माओवादी केन्द्रका २, राप्रपा र जतमत पार्टीका १÷१ जा मन्त्री नियुक्त भएका छन् ।

आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले आज शपथ लिएका हुन् ।

शपथ ग्रहणका लागि तयार पारिएको मञ्च हावाहुरीले ढालेपछि दिउँसो १ बजेका लागि तय भएको शपथ ग्रहण कार्यक्रम २ घण्टा ढिलो भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here