लोकतान्त्रिक संस्कार र मूल्य मान्यतालाई आधार बनाएरमात्रै मुलुकको आर्थिक समृद्धि र विकास सम्भव : नैनसिंह महर

94

 

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतन्त्रका विरुद्व कृत्रिम ब्ल्याकहोल निर्माण गर्ने सपना कसैले नदेखेको राम्रो हुने बताएका छन् । उनले अहिलेकै लागि लोकतन्त्रको सर्बोत्तम विकल्प लोकतन्त्र नै भएको दाबी गरे ।

प्रजातन्त्र दिवसको सन्दर्भमा स्कुल अफ डेमोक्रेसीले आइतबार बिहान काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै नेता महरले शासकीय व्यवस्थामा लोकतन्त्र नै सबैभन्दा उत्कृष्ट शासन व्यवस्था भएको दाबी गरे ।

‘आज देशभित्र विद्यमान रहेका समस्याहरूको कारण नै लोकतन्त्र हो कि भनेजसरी भ्रम फैलाउने काम भइरहेको छ । तर लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । लोकतान्त्रिक व्यवस्थाको जन्मजात विरोधीहरूबाट भइरहेको त्यस्तो कुप्रचारको कुनै अर्थ छैन,’ उनले भने, ‘हामी यही व्यवस्थामा यसका गल्ती कमजोरीहरु भए त्यसलाई सच्याएर अघि बढ्न तयार हुनुपर्छ ।’

उनले त्यस्ता विरोधी शक्तिहरुलाई लोकतान्त्रिक व्यवस्थामा ‘कृत्रिम ब्ल्याकहोल’ निर्माण गर्ने दिवास्वप्न नदेख्न समेत सुझाए । उनले लोकतान्त्रिक संस्कार र मूल्य मान्यतालाई आधार बनाएरमात्रै मुलुकको आर्थिक समृद्धि र विकास सम्भव रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here