टोखामा अन्तराष्ट्रिय मातृभाषा दिवस मनायो

105

टोखा । अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाभाषा क्लब टोखा र  नेवाः ग्वाहाली पुच टोखाको आयोजनामा  मंगलबार फागुन ९ गते भव्य रुपमा मनाएको छ ।

टोखा न.पा. २, ३ नं वडामा मातृभाषाबाट अध्यापन अधिकार सुनिश्चित गर, मातृभाषा दिवसको उपलक्ष्यमा शुभकामना, भाषा बाँचे हाम्रो पहिचान बाँच्छ, भन्ने मूल नाराका मनाएको  कार्यक्रममा टोखा नगरपालिका वडा नं. अवस्थित गणेश पोखरी प्रङ्गनमा कोणसभामा परिणत भएको थियो ।

नेपालभाषा अभियान्ता एवम् सुकुन्दा साहित्य पाःलाः अध्यक्ष प्रशान्त डंगोलले मातृभाषाको महत्त्व आवश्यकताबारे प्रत्याउँदै नेपालभाषा अभियान रत्न राज्यलक्ष्मी क्याम्पसमा २०७४।१२।१४ गते स्नातक तहमा नेपाल कक्षा सञ्चालन तथा वि.सं. २०७८ कार्तिक २६ गते काठमाडौं महानगरसंगको सहकार्यमा स्नातकोत्तर तहमा नेपालभाषाको नयाँ बिषय भित्र्याउन सफल हुनुका साथै करिब २० बर्षपछि पुनः गठन गरेर सुकुन्दा दँपाै प्रकाशन गरेकाे जनाउँदै  अबको अभियाना भनेको नेवाः विश्वविद्यालय स्थापना गर्ने दिशातिर लम्किरहेकाले अभियान सार्थक तुल्याउन सम्पूर्ण मातृभाषा अनुरागीहरूलाई अपिल गरे ।
कार्यक्रममा नेवाः ग्वाहाली पुचः को अध्यक्ष श्रकृष्ण मान्नधरले मातृभाषा अभियानको थालनीको इतिहास प्रस्त्याउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here