सुनको मूल्य तोलामा एक सय रुपैयाँ घट्याे

70

काठमाडौं । सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन पनि सुन तोलामा ५०० रुपैयाँ घटेको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार हुँदैछ। त्यस्तै चाँदी आज प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजोको तुलनामा चाँदी पनि प्रतितोला १० रुपैयाँ घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here