केपी ओली कप फुटबलको पहिलो सेमिफाइनल खेल वर्षा कारण राेकियाे

157

काठमाडौं । केपी ओली कप फुटबलको पहिलो सेमिफाइनल खेल वर्षा तथा मेघ गर्जनका कारण रोकिएको छ ।

त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्बलबीच भएको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफ भोलि सोमबार बिहान ११ बजे खेलाउने गरि रोकिएको छ ।

खेलको ५३ औं मिनेटसम्म दुवै टिम शुन्यको बराबरीमा रहेको अवस्थामा मेघ गर्जनसहित वर्षा र चट्याङ परेकाले खेल रोकिएको हो । भोलि ११ बजे आज रोकिएको खेलको दोस्रो हाफ तथा ३ बजे मछिन्द्र फुटबल क्लब र केपी ओली फुटबल क्लबबीचको खेल हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here