युकेमा रोजगारी मिलाई दिन्छु भनी अनलाईन मार्फत ठगी गर्ने पक्राउ

84

काठमाडाैं । युके मा रोजगारी मिलाई दिन्छु भनी अनलाईन मार्फत ठगी गर्ने ब्यक्तिहरु पक्राउ” परेका छन् ।

सामाजिक सञ्जाल Facebook, Whatsapp, Instagram Viber, Tiktok मार्फत साथी बनाई आफू मलेसियाको नागरिक हुँ, हाल UK मा डेन्टिस डाक्टर पेशा गर्छू भनि पिडितहरुसंग मोबाईल नम्बर मागी लिई Whatsapp मार्फत कुराकानी गरी  UK मा रहेको हेल्थकेयर असिस्टेनमा राम्रो नोकरीको डिमाण्ड रहेको छ, सबै प्रकृया मिलाई UK मा नोकरी लगाई दिन्छु भन्ने जस्ता प्रलोभन देखाई, फोटो, पार्सपोर्ट, नागरीकता लगायतको व्यक्तिगत विवरण पठाउन लगाई कागजात लिए पश्चात  रकम मागी ठगी गर्ने र अरु बिभिन्न ब्यक्तिहरुलाई  पार्सल, आकर्षक गिफ्ट, डलर लगायतको सामान पठाएको छु भनी फोटो, भिडियो कल गरेको केहि दिनपछि प्रयोगकर्ताले तपाईहरुको पार्सल भारतको इन्दिरागान्धी एयरपोटमा आई पुगेको छ ।

उक्त पार्सल लगायतको सामान पाउनको लागि कस्टम चार्ज, क्लिरियन्स, ईन्सुरेन्स, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पिडितहरुलाई ग्लोबल आईएमई बैकको खाता न. ०६०७०१००१०१७२ भएकी सुनिता परियारको नाममा रु. २३,००,०००।– (तेईस लाख)  बराबरको  रकम पठाउन लगाई अनलाईन मार्फत ठगी गरेको भन्ने ब्यहोराको ४ जनाको उजुरी यस कार्यालयमा पर्न आएकोले उक्त उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान कार्य गर्दै जाँदा  ठगी कार्यमा संलग्न  भारत बिहार राज्य मोतिहारी जिल्ला रामपुर ग्राम पञ्चायत थाना दारपा घर भई हाल जिल्ला काठमाडाैं  कालीमाटी बस्ने बर्ष २५ को सुदिश कुमार साह र जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा. वडा नं. ११ घर भई हाल जिल्ला काठमाडाैं कालीमाटी बस्ने बर्ष २७ की सुनिता परियारलाई फेला पारी पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाडाैंमा पठाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here