मनाङ । हिमाली जिल्ला मनाङमा सवारीसाधन आवागमन हुने समय भएपछि सडक सवारी तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । हिउँदयाम सकिन लागेपछि सवारीसाधन आवागमन बढ्ने भएकाले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मनाङले सचेतनामूलक कार्यक्रम गरेको हो ।
वर्षायाम सुरु हुन लागेकाले जिल्लामा सवारी आवागमन बढ्ने उनले बताए । दुर्घटनारहित सुरक्षित यात्रा गर्ने वातावरण बनाउन आवश्यक रहेको उनको भनाइ छ । हिउँदमा चिसो छल्न जिल्ला बाहिर गएका जिल्लावासी फर्किने क्रम सुरु भएको छ । यसले गर्दा अब जिल्लामा सवारी आवागमन र पर्यटक आउने उपयुक्त मौसम सुरु भएकोले पर्यटक सवारी बढ्न सक्ने हुँदा सुरक्षित बनाउन सचेतना कार्यक्रम गरिएको हो । RSS