राप्रपाले कर्णाली प्रदेशलाई दिएको समर्थन लियाे फिर्ता

36

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादी केन्द्रका राजकुमार शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

केन्द्र सरकारमा समर्थन फिर्ता लिएसँगै प्रदेशमा के हुन्छ भन्ने चासोका साथ हेरिएको थियो। बिहीबार राप्रपाकी प्रदेश सभा सदस्य सन्तोषी शाहीले प्रदेश प्रमुख तिलक परियारसमक्ष लिखित पत्र बुझाउँदै समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन्।

४० सदस्यीय कर्णाली प्रदेशमा राप्रपाको एक सिट मात्रै रहेको छ। पछिल्लो राजनीतिक परिवेशमा सत्तामा रहन उपयुक्त नहुने पार्टीले निर्णय गरेकाले सोही अनुसार प्रदेशमा समर्थन फिर्ता लिएको राप्रपाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here