न्युरालिङ्कले मानव मस्तिष्कमा चिप परीक्षण अस्विकार

63

काठमाडौं । एलन मस्कको कम्पनी न्युरालिङ्कले मानव मस्तिष्क प्रत्यारोपणको परीक्षणका लागि मागेको अनुमति अस्विकार भएको छ ।

कम्पनीले जनावरमा गरिसकेको परीक्षणका आधारमा आफूहरू मानिसको मस्तिष्क प्रत्यारोपण गर्नको ​लागि तयार भएको भन्दै परीक्षणका लागि अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) सँग अनुमति मागेको थियो । यद्यपि एफडीएले कम्पनीको यो आग्रह अस्वीकार गरेको रोयटर्समा प्रकाशित लेखमा उल्लेख छ । एफडीएका अनुसार कम्पनीले सुंगुरको मस्तिष्क प्रत्यारोपण गर्दा प्रयोग गरेको उपकरण नै मानिसका लागि पनि प्रयोग गर्नेछ, जसले विगतमा धेरै सुंगुहरूले ज्यान गुमाएका थिए । रोयटर्सका अनुसार एफडीएको मुख्य चिन्ता उक्त उपकरणमा प्रयोग हुने लिथियम ब्याट्रीको रहेको छ । साथै मस्तिष्क प्रत्यारोपण गरिसकेपछि उक्त उपकरणलाई दिमागको कुनै पनि नशा अथवा अन्य तत्त्वलाई हानी नपुर्‍याइ कसरी बाहिर निकाल्ने भन्ने विषयमा कम्पनीले अहिलेसम्म कुनै पनि कुरा नखुलाएका कारण पनि एफडीएले परीक्षणका लागि अनुमति नदिएको बताइएको छ । एफडीएले भने एलन मस्कले मानिसको दिमागलाई कुनै कारलाई जस्तै परीक्षण गर्ने प्रयास गरिरहेका छन् जुन गलत हो भनेर उल्लेख गरेको रोयटर्सले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here