कलेजो र मिर्गौला पीडित गायक ताम्राकारको निधन

38

काठमाडौं । गायक आशिष ताम्राकारको निधन भएको छ । ताम्राकारको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । उनी लामो समयदेखि कलेजो र मिर्गौलाको समस्याबाट पीडित थिए । ४४ वर्षको उमेरमा उनको निधन भएको हो ।

उनका ‘प्रेमपत्र लेख्दै पातपातमा, मलाई पनि सँगै लैजाऊ, एक्लै रुनु कति रुनु, बिहानीको घाम हौ कि’ लगायतका गीतहरु चर्चित छन् । स्थायी घर खोटाङ भइ काठमाडौं बस्दै आएका ताम्राकारका श्रीमती र दुई छोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here