सिल्भर ओकमा ‘होली कार्निभेल’ फेस्टिबल हुने

70

काठमाडौं ।  रंगको पर्व होलीमा काठमाडौंस्थित सिल्भर ओकमा ‘होली कार्निभेल’ फेस्टिबल हुने भएको छ। फागु पूर्णिमाको अवसरमा सोमबार (२२ गते) गैह्रीधारास्थित सिल्भर ओकमा विभिन्न सांगीतिक कार्यक्रम फेस्टिबल हुने भएको हो।

युनिफाइ नेपालको व्यवस्थापनमा सोलीस र आर्बिट्रेयरी एकसाथ फेस्टिबल गर्न लागेको हो। फेस्टिबलमा विभिन्न मुलुकका डिजेसहित नेपालका डिजेहरूको सहभागिता रहने इभेन्टका म्यानेजर रविन श्रेष्ठले जानकारी दिए।

पूर्वमिस नेपाल माल्भिका सुब्बाले कार्यक्रम होस्ट गर्ने छिन्। उनका अनुसार इभेन्टमा सहभागी हुन चाहनेले ‘खल्ती’ एपबाट टिकट खरिद गर्न सक्छन्। टिकट मूल्य १५ सय रुपैयाँ रहेको छ। इभेन्ट बिहान १० बजेदेखि सुरु हुनेछ। इभेन्ट पारिवारिक वातावरणमा हुनेछ।

अभिभावकले आफ्ना बच्चाहरूलाई लगेर मनोरञ्जन दिन सक्छन्। सर्कस सो, फन गेम र विभिन्न खानाका स्टलसमेत हुनेछन्। ‘नेपालमा अहिलेसम्मकै व्यावसायिक रुपमा सबैभन्दा ठूलो इभेन्ट गर्न लागिएको छ। हामीले इभेन्टका लागि फरक तरिकाले सजावट गरेका छौ,’ उनले भने,’ फेस्टिबलमा प्रोडक्सनको डिजाइन आकर्षक ढंगले बनाइने छ। होली पर्व व्यवस्थित तरिकाले मनाउन सबै आयोजक लागिरहेका छौ।’ मनोरञ्नात्मक गतिविधिसमेत सञ्चालन गर्ने तयारीमा रहेको श्रेष्ठले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here