काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास चन्द्र नेम्वाङले देश र जनताको अगाडि ठूलो चुनौती रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
बिहीबार संसद भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताएका हुन्। उनले आफू राष्ट्रपतिमा निर्वाचित भए जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले राष्ट्रपतिको सवारीमा विवाद आइरहेको बारेमा सवारीमा निस्किँदा जनताले आफ्नो परिवारको सदस्य आयो भन्ने अनुभूति दिलाउने बताए।
‘राष्ट्रपति निर्वाचनको लागि म एकदमै उत्साहित छु। नयाँ व्यवस्थाअनुसार जनताको छोरा वा छोरी राष्ट्रपति हुन्छ। त्यसैले अब जनताको छोराछोरी राष्ट्रपति भएर हामीले काम गर्नुपर्छ। त्यसैले म राष्ट्रपति भएपछि सफल रूपमा जनताको राष्ट्रपतिको रूपमा काम गर्नेछु। जनताकाठमाडौं : नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास चन्द्र नेम्वाङले देश र जनताको अगाडि ठूलो चुनौती रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
बिहीबार संसद भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताएका हुन्। उनले आफू राष्ट्रपतिमा निर्वाचित भए जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले राष्ट्रपतिको सवारीमा विवाद आइरहेको बारेमा सवारीमा निस्किँदा जनताले आफ्नो परिवारको सदस्य आयो भन्ने अनुभूति दिलाउने बताए।
‘राष्ट्रपति निर्वाचनको लागि म एकदमै उत्साहित छु। नयाँ व्यवस्थाअनुसार जनताको छोरा वा छोरी राष्ट्रपति हुन्छ। त्यसैले अब जनताको छोराछोरी राष्ट्रपति भएर हामीले काम गर्नुपर्छ। त्यसैले म राष्ट्रपति भएपछि सफल रूपमा जनताको राष्ट्रपतिको रूपमा काम गर्नेछु। जनताले आफ्नो परिवारको सदस्य आयो भनेजस्तो सहज महशुस हुने सवारी हुनेछ,’ उनले भने।ले आफ्नो परिवारको सदस्य आयो भनेजस्तो सहज महशुस हुने सवारी हुनेछ,’ उनले भने।


















