डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

78

काठमाडाैं । गृह मन्त्रालयको बढुवा समितिले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

आज बसेको बढुवा सिफारिस समिति बैठकले जदपद प्रहरी समूहतर्फका प्रहरी नायब महानिरीक्षकहरूलाई प्रहरी अतिरित्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।

डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here