काठमाडौं । ९५ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट चलचित्र घोषणा गरिएको छ । यो चलचित्रले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ ।

यही चलचित्रबाट मिसेल योहले उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी हुन् । उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’बाटै के ह्ये क्वान र जेमी ली कर्टिसले उचालेका हुन् ।यही चलचित्रबाट उत्कृष्ट निर्देशकको अवार्ड डानिएल क्वान र डानिएल साइनर्टले पाएका छन् । चलचित्रले ओरिजिनल स्रिकनप्लेको ओस्कर पनि पाएको छ ।
यस्तै, एनिमेटेड फिचर चलचित्रका लागि ‘गुईलेर्मो डेल ट्रोज पिनोकियो’ ले ओस्कर अवार्ड पाएको छ । डकुमेन्ट्री फिचरको अवार्ड ‘नाभल्नी’ र डकुमेन्ट्री सर्टको अवार्ड ‘द एलिफेन्ट विस्परर्स’ले पाएको छ । हेयर एन्ड मेकअप स्टाइलिङको अवार्ड ‘द ह्वेल’ ले पाएको छ । ‘द ह्वेल’ बाटै ब्रेन्डन फ्रेसरले उत्कृष्ट अभिनेताको अवार्ड उचाले । सर्ट फिल्म (एनिमेटेड)को अवार्ड ‘द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स’ र सर्ट फिल्म (लाइभ एक्सन)को अवार्ड एन आइरिस गुडबाई’ले पाएको छ ।
यस्तो छ ओस्कर विजेताको सूची :
अन्तर्राष्ट्रिय फिचर फिल्म : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
उत्कृष्ट निर्देशक : डेनिएल क्वान र डेनिएल साइनर्ट(एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स)
उत्कृष्ट अभिनेता : ब्रेन्डन फ्रेसर(द ह्वेल)
उत्कृष्ट अभिनेत्री : मिसेल योह
उत्कृष्ट सहअभिनेता : के ह्ये क्वान
उत्कृष्ट सहअभिनेत्री : जेमी ली कर्टिस
एनिमेटेड फिचर फिल्म : गुईलेर्मो डेल ट्रोज पिनोकियो
उत्कृष्ट सिनेम्याटोग्राफी : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
कस्ट्युम डिजाइन : ब्ल्याक प्यान्थर : वाकन्डा फरेभर
डकुमेन्ट्री फिचर : नाभल्नी
डकुमेन्ट्री सर्ट : द एलिफेन्ट विस्परर्स
हेयर एन्ड मेकअप स्टाइलिङ : द ह्वेल
सर्ट फिल्म (एनिमेटेड) : द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स
सर्ट फिल्म (लाइभ एक्सन) : एन आइरिस गुडबाइ
ओरिजिनल सङ : नाटु नाटु (आर.आर.आर)
साउन्ड : टप गन : मेभरिक
प्रोडक्सन डिजाइन : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
भिजुअल इफेक्ट्स : अवतार : द वे अफ वाटर
फिल्म सम्पादन : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स
ओरिजिनल स्क्रिनप्ले : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स
एडप्टेड स्क्रिनप्ले : वुमन टकिङ
ओरिजिनल स्कोर : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट


















