प्रभु बैंकको पौने ४७ लाख कित्ता सेयरमा खरिद आवेदन दिने अन्तिम दिन

30

काठमाडाैं । प्रभु बैंकको बिक्रीमा राखेको पौने ४७ लाख कित्ता सेयरमा खरिद आवेदन दिने आज चैत ५ गते अन्तिम दिन रहेको छ। बैंकले गत फागुन १२ गतेदेखि ४६ लाख ७४ हजार ३९६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो। यो सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

यो सेयरमा विद्यमान संस्थापक सेयरका साथै अन्य इच्छुक सर्वसाधारण लगानीकर्ता र संस्थाले खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ता न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने कुनै हद लाग्ने छैन। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२३ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। सेयर खरिदका लागि प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here