सरकार र मिटरब्याज पीडितबीच भएको सहमतिलाई धोका

45

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकार र मिटरब्याज पीडितबीच शनिबार भएको सहमतिलाई धोका भनेका छन्।

‘मिटरब्याजीहरुबाट पीडित भएका नागरिकहरुमाथि फेरि अर्को धोकाधडी भएको छ’, आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भने।

उनले एउटा आयोगको प्रतिवेदन धन्क्याएर फेरि अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरुलाई उन्मुक्ति दिने काम भएको बताए। ‘यो करेक्सन हुनुपर्छ। र पीडकहरुलाई कारबाही गर्नुपर्छ’, उनले भने।

शनिबार भएको सहमतिमा मन्त्रिपरिषद्को पहिलो बैठकबाट जाँचबुझ आयोग, २०२६ बमोजिमको आयोग गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here