आज सुन तोलामा एक हजार रुपैयाँले बढ्याे

35

काठमाडाैं । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ८ हजार रुपैयाँ रहेको सुनको भाउ आज लाख ९ हजार रुपैयाँमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय रुपेयाँमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here