जापानमा बहुभाषिक म्यूजिक भिडियो एवार्ड २०२३ हुने

50

काठमाडाैं ।  चैत्र १९ केटिएम अनलाईन टेलिभिजन तथा सांगेन कम्पनी लिमिटेडका अध्यक्ष दिपजोन गुरुङको संयुक्त आयोजनामा जापान, नेपाल फिल्म तथा बहुभाषिक म्यूजिक भिडियो एवार्ड २०२३ हुने भएको छ ।

अभिनेता कृष्ण मल्लको प्रमुख आतिथ्यतामा आइतबार काठमाडौंमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रमको सभापतित्व अभिनेता बिशाल बिष्ट, अतिथिहरुमा अभिनेताहरु पुरन जोशी, धीरेन शाक्य, रमेश उप्रेती, सविन श्रेष्ठ, प्रवण भुषाल, हाँस्य कलाकार उत्तम केसी, चलचित्र कलाकार संघकी उपाध्यक्ष कविता गेलाल, कलाकार कृष्ण सिवाकोटी, धर्मेन्द्र आचार्य लगायतका रहनु भएको थियो भने उहाँहरुले अवार्ड कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो ।

नेपाली चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियो अन्तरगत बहुविधामा पुरस्कार दिने, अग्रज कलाकारलाई सम्मान गर्ने र नेपाली चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियोको प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको एवार्ड कार्यक्रममा बिषयगत विज्ञ रहेको निर्णायक मण्डलले तोकिए बमोजिमको एवार्ड सिफारिस गर्नेछन् । नेपाली चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियोको अवलोकन पश्चात छनौट भएका कलाकारलाई नाकानो कु, नाकानो २–९–७ टु १६४–००१ टोकयो जापानमा पुरस्कृत गरिने छ । उक्त कार्यक्रममा अग्रज कलाकारलाई सम्मान गरिने छ ।

नेपाली तथा जापानी लोक संस्कृति सम्बन्धि साँस्कृतिक कार्यक्रम हुने कार्यक्रममा जानकारी गराए । नेपाली चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियोका विभिन्न विधागत क्षेत्रहरू चयन गरि दुबै तर्फ उत्कृष्ट एवार्ड प्रदान गरिने छ । अग्रजको सम्मान बर्तमान पुस्ताको पहिचान सहित अग्रज चलचित्र कलाकार नायक नायिका, गायक, गायिका तथा अन्य प्राविधिक व्यक्तित्वहरूमा दीर्घ साधना सम्मानद्वारा सम्मानित गरिने छ ।

चलचित्र तथा म्यूजिक भिडियो तर्फ उत्कृष्ट नायक र नायिका, उत्कृष्ट निर्देशक, गायक र गायिका, उत्कृष्ट छायाँकार, गीतकार, संगीतकार, कम्पोजर, एडिटर तथा अन्य प्राविधिक क्षेत्रका सर्जकलाई पुरस्कार प्रदान गरिने छ । सोही अनुरुप बहुभाषिक म्यूजिक भिडियो तर्फ पनि उत्कृष्ट नायक र नायिका, मोडल, गीत, संगीत, गायक र गायिका, संगीतकार, एरेञ्जर, सम्पादन, कोरियोग्राफि, पोष्ट पोडक्टशन, मेकअप, हेयर तथा विधागत पुरस्कारद्वारा पुरस्कृत गरिने छ । तोकिएका पुरस्कारहरू निर्णायक समितिले सिफारिस गरे बमोजिम हुने छ ।

निर्णायक समितिको सिफारिस र निर्णय नै अन्तिम निर्णय हुने आयोजकको भनाई छ । अवार्ड आयोजक टिममा राजेन्द्र केसी, सरस्वती थापा ‘साहरा’, रिसप घिमिरे, डा. भक्त राई र अनिल कुमार अधिकारी रहेका छन् । नेपाल तथा जापानको संयुक्त संस्कृतिक कार्यक्रमको प्रस्तुति सहित मिति २०८० बैशाख ३० गते तदनुसार १३ मई २०२३ का दिन जापानमा हुने कार्यक्रममा पुरस्कृत कलाकार, स्रष्टा, सर्जक तथा सम्मानित कला साधकहरूलाई सम्मान अर्पण गरिने छ । चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियो निम्न ठेगानामा पठाउन सकिने छ । चलचित्र तथा बहुभाषिक म्युजिक भिडियो निम्न ठेगानामा पठाउन सकिने छ । [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here