त्रिविका ४ जनाले विशेषबाट सफाइ पाएपछि …

32

काठमाडाैं । उत्तरपुस्तिका साटफेर गरी/गराई परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा विशेष अदालतको फैसलाप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

त्रिभुवन विश्वविद्यालयका ​परीक्षार्थीहरूको परीक्षा परिणाम फेरबदल गरेको आरोपमा आयोगले कमलप्रसाद दाहाल, तेजनारायण चौधरी, हीरा कटुवाल र जानुका आले मगरविरुद्ध २०७९ कात्तिक १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

तर विशेष अदालतले कात्तिक २२ गते उक्त मुद्दामा उनीहरूलाई सफाइ दिएको थियो। आयोगले कमलप्रसाद दाहालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ को कसुरमा सोही दफा बमोजिम सजाय मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

तेज नारायण चौधरी, जानुका आले मगर र हीरा कटुवाललाई पनि आयोगले ऐनको दफा १३ बमोजिम कसूर ठहर्याई सोही दफाको प्रतिबन्धात्मक वाक्यांशबमोजिम सजाय माग गरेको थियो। आरोपित प्रतिवादीहरू सबैले विशेष अदालतमा आई कसुरमा इन्कार रही बयान गरेको र मौकामा बयान गर्ने प्रतिवादीहरू दाहाल र चौधरी पनि कसुरमा इन्कार गरेका थिए।

तर आयोगले उनीहरूले बयान दिँदैमा निर्दोष रहेको भनी मान्न मिल्ने अवस्था नरहनेलगायत आधार मानेर सर्वोच्चमा पुनरावेदन गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here