काठमाडौं । काठमाडौं महानगरपालिका-८ स्थित बागमती नदीको किनारमा राखेको बा.०३ ख ८६८१ नम्बरको बसमा गएराति आगलागी हुँदा बस पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
मोरङ, विराटनगर महानगरपालिका-७ स्थित सुनिल शर्माको गोदाम घरमा विद्युत सर्ट भई बुधबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















