सरकारद्वारा स्थानीय तहलाई स्वयंसेविका समिति गठन गर्न निर्देशन

40

 

काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहलाई स्वयंसेविका समिति गठन गर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक स्थानीय तहलाई स्वयंसेविका समिति गठन गर्न निर्देशन दिँदै त्यसको लागि  स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले पत्र जारी गर्दै सम्पूर्ण स्थानीय तहलाई उक्त प्रक्रियामा समन्वय गर्न निर्देशन दिएको छ।

सबै स्थानीय तहलाई निर्देशन दिएको पत्रमा भनिएको ‘राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति २०६७ (पहिलो संशोधन २०७६) को अनुसूची ४ र ५ ले व्यवस्था गरेबमोजिमको प्रदेशस्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति तथा स्थानीय तहमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति गठन गर्नु हुनका साथै प्रदेश मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, स्थानीय तह र मातहतको स्वास्थ्य संस्थामा समेत राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमको फोकल पर्सन तोकी बुझाउनु।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here