“चिकेन स्टेशन”माथि कारवाही गर्न पत्राचार

75

वीरगंज । रामदानको अवसरमा १०% छुटमा गाईको मासुको कबाब बेच्ने विज्ञापन गरेका वीरगंज स्थित चिकेन स्टेशनमाथि कारवाही गर्न मधेशी आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ।

हिन्दू परिषद नेपालका केन्द्रिय सदस्य रहेका अरुण झाले संचालन गरेको लोहारपट्टी स्थित चिकेन स्टेशनमा रमदानको अवसरमा गाईको कबाब १०% छुटमा पाइने विज्ञापन सामाजिक संजालमा आएपछि सर्वत्र आलोचना भएपश्चात् चिकेन स्टेशन वीरगंज नामक फेसबुक पेजबाट सो विज्ञापन हटाइएको थियो ।

सोही विज्ञापन समाजिक संजालमा भाइरल भएपछि विभिन्न संघ संगठनले मधेसी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्न खोज्ने चिकेन स्टेशनलाई कारबाही गर्नका लागि उजुरी दिएकाे बुझिएको छ ।

सोही उजुरीको आधारमा मधेशी आयोगको पत्र सं., च.न. २०७९/०८०-१३९ मिति २०७९/१२/१३गतेको पत्रबाट आयोगका शाखा अधिकृत विन्दुदेवी शर्माद्वारा कारवाही गर्न पत्राचार गरिएको छ।

पत्रमा आयोगले “हिन्दू परिषद नेपालका केन्द्रिय सदस्य अरुण झा संचालक रहेको “चिकेन स्टेशनमा राष्ट्रिय जनावर गाईको मासुको

कबाब १०%छुटमा पाइन्छ भनि विज्ञापन गर्न अनुरोध छ भनिएको छ।

यसैबीच चिकेन स्टेशनका संचालकहरुले सोमबार वीरगंजमा पत्रकार सम्मेलन गरी भुलवस विज्ञापन प्रकाशित भएकोमा क्षमा याचना गरेका थिए ।

हेर्नुहोस् आयोगको पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here