तातोपानी नाका आजदेखि बन्द

60

काठमाडौं । सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि बन्द गरिएको छ। नाका पूर्ण रूपमा खुलाउने तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह आजदेखि वैशाख २ सम्म अस्थायी रूपमा बन्द रहने नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ।

‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, दूतावासले भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’ दुई देशका अधिकारीबीच तातोपानी नाका आगामी वैशाख १८ गतेदेखि पूर्णरुपमा सञ्चालन गर्ने सहमति भएको छ। आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका पनि गत चैत १८ गते पूर्णसञ्चालनमा आइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here