कांग्रेसका चार मन्त्री तोकिए

140

काठमाडौ/ नेपाली कांग्रेसले सरकारमा जाने चार जना मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसले शिक्षामन्त्रीमा अर्जुननरसिंह केसी, पराराष्ट्रमन्त्रीमा प्रकाशशरण महत, रक्षामन्त्रीमा बालकृष्ण खााण तथा जीवनबहादुर शाहीलाई पनि मन्त्रीमा सिफारिस गरेको छ । शाहीको मन्त्रालयको टुंगो भने लगाएको छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकारमा सहभागिता जनाएको कांग्रेसले सरकार गठन भएको लामो सयमसम्म पनि आन्तरिक विवादका कारण मन्त्री छान्न सकेको थिएन । कांग्रेसले आफ्नो भागमा परेका अन्य मन्त्रालयमा मन्त्रीको टुंगो छिट्टै लगाउने जनाएको छ । कांग्रेसका तर्फबाट यसअघि उपप्रधान तथा गृहमा विमलेन्द्र निधि र भौतिक योजना तथा पूर्वाधारमन्त्रीमा रमेश लेखकले प्रतिनिधित्व गरिसकेका छन् । कांग्रसलाई १३ मन्त्रालय दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here