सवारी दुर्घटनामा एक जनाको मृत्यु

65

 

तनहुँ । आँबुखैरेनी गाउँपालिका-४ पावरहाउसस्थित सडकमा मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस र ग.२२ प ९८२६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक लमजुङ दूधपोखरी गाउँपालिका-५ बस्ने ३० वर्षीय सन्तोष गुरुङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुवै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here