भुटानी शरणार्थीको नाममा ठग्नेलाई कारबाही गर्न माग

58

काठमाडौं । एकीकृत समाजवादी निकट युवा संघ नेपालले भुटानी शरणार्थीको नाममा ठग्नेलाई कारबाही गर्न माग गरेको छ।

युवा संघले बिहीबार मुख्य सचिव शंकरदास वैरागीलाई ज्ञापनपत्र बुझाउँदै शरणार्थीका नाउमा ठग्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो।

भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनवास गर्ने योजनामा घुस पैठ गरेर सर्वसाधरणलाई समेत ठग्नेहरुलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन आफूहरुले माग गरेको युवासंघका उपाध्यक्ष नितेश पौडेलले जानकारी दिए।

यस्ता छन् युवासंघले मुख्य सचिव समक्ष राखेका मागः

१. सरकारले २०७६ साल असार २९ गते गठन गरेको कार्यदलका संयोजक गृहमन्त्रालयका तत्कालिन सहसचिव बालकृष्ण पन्थी तथा सो कार्यदलका सम्पूर्ण सदस्य उपर अनुसन्धान गरि मुद्दा चलाउन अख्तियार प्राप्त निकायलाई पत्राचार गर्न माग गर्दछ ।

२. उक्त प्रतिवेदन १ हप्ता भित्र सार्वजनिक गर्न माग गर्दछ ।

३. भोक—तीर्खा, घाम—पानी, घर—परिवार गुमाएका, भुटानी माटोमा जन्मिए, हुर्किएका देशबाट लखेटिएका, शासकको दमनले बाध्यताबस शरणार्थी बन्न पुगेका भुटानी शरणार्थीहरुको आवरणमा गैरकानूनी कार्यमा सामेल राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन उपर अनुसन्धाग गरि कानून बमोजिम कारवाहि गर्न माग गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here