काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई संयुक्त रुपमा विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउन विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने जनाएको छ ।
साथै माध्यमिक शिक्षा परीक्षा दिएका विद्यार्थीहरुलाई छोटो अवधिकारी सीप विकास तालिम स्थानीय तहको नेतृत्व एवम् समन्वयमा सञ्चालन गर्ने भएको छ ।
शैक्षिक सत्र २०८० को शुरुमै सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई नि:शुल्क पाठ्यपुस्तक उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।


















