पुरुषको शव फेला 

58

काठमाडौं । भक्तपुरमा पलङको डण्डीमा खादाको पासो लगाएको अवस्थामा एक पुरुष मृत भेटिएका छन्। मृत भेटिनेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१ घर भएका ३० वर्षीय विसन खनाल रहेको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए।

मध्यपुर ठिमी नगरपालिका–९ निकोशेरास्थित रुपा राउतको साढे २ तले घरमा डेरा गरी बस्दै आएका खनाल आज (सोमबार) अबेरसम्म पनि नउठेपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरी पुगेर झ्याल, ढोका फोडेर हेर्दा उनी आफू सुत्ने पलमा मृत अवस्थामा भेटिएका हुन्। पलङको डण्डीमा सेतो खादाको पासो घाँटीमा लगाएको अवस्थामा उनी मृत भेटिएका हुन्। झ्याल, ढोका बन्द रहेकाले उनले आत्महत्या गरेको हुनसक्ने आँकलन गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here