त्रिवि परिसरमा चितुवाले दुखः दिन थालेपछि नियन्त्रणमा लियाे

54

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा चितुवा आतंक भएपछि ट्रयापमा पारेर चितुवालाई नियन्त्रणमा लिइएको छ। साँझपख त्रिवि परिसरमा सर्वसाधारणलाई झम्टने र मोटरसाइकलमा सवारीमाथि नै आक्रमण गर्न थोलपछि ट्रयापमा पारेर चितुवा नियन्त्रणमा लिइएको हो।

सर्वसाधारणलाई हैरानी दिनथालेपछि वन कार्यालयले ट्रयापमा पारेर चितुवालाई खोरमा हालेको छ। वनले उपलब्ध गराएको फलामको खोरमा कुखरा राखेर चितुवालाई ट्रयापमा पारिएको हो।

कुखुरा खान खोरभित्र प्रवेश गरेपछि ढोका लक हुने सिस्टम मिलाइको थियो। शनिबार राति कुखुरा खान खोरभित्र पस्दा ढोका लक भएपछि चितुवा ट्रयापमा परेको हो। नियन्त्रणमा लिइएको चितुवालाई सदर चिडियाखानामा पठाउने याेजना रहेकाे प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here