चितवन उपनिर्वाचनमा रवि लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेर जित्याे

102

कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेलाई पाँच गुणा बढी मतान्तरले पराजित गर्दै लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका छन् । कांग्रेसका श्रेष्ठले भने ११ हजार २१४ मत प्राप्त गरे । रास्वपाका लामिछाने र कांग्रेसका श्रेष्ठबीचको मतान्तर ४२ हजार ९६२ छ ।

तेस्रो भएका एमालेका न्यौपानेले १० हजार ९३६ मत पाएका छन् । १० वैशाखमा भएको उपनिर्वाचनमा चितवन २ मा ७८ हजार २ सय ७७ मत खसेको थियो ।

नागरिकतासम्बन्धी मुद्दामा लामिछानेले सांसद पद गुमाएपछि चितवन २ मा उपनिर्वाचन भएको हो । यो उपनिर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारले अघिल्लो चुनावमा भन्दा बढी कम मत पाएका छन् ।

यसअघि गत ४ मंसिरमा भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३०० मतका साथ निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here