राष्ट्रिय सभा बैठक स्थगित

51

काठमाडौं । राष्ट्रिय सभा बैठक १४ मिनेटका लागि स्थगित गरिएको छ ।

अर्थतन्त्रसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल भइरहँदा अर्थमन्त्री डा प्रकाशशरण महत उपस्थित नभएपछि एमालेका सांसदहरुले उठेर विरोध जनाएसँगै बैठक १४ मिनेटका लागि स्थगित गरिएको हो ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटक पटक अर्थमन्त्री केही समयमा आउने र छलफलमा उठेका विषय टिपोट भइरहेको जानकारी गराउँदा पनि एमाले सांसदहरुले उठेर विरोध जनाए । 

यसपछि अध्यक्ष तिमिल्सिनाले आजै बस्ने गरी १४ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here