काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको दोस्रो ट्याक्टिल ट्रेनिङ (रणनीतिक प्रशिक्षण) सोमबार आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिमको दोस्रो ट्याक्टिल ट्रेनिङ सोमबार आयोजना हुने जनाएको छ ।
भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी अन्तर्गत टिमको ट्याक्टिल ट्रेनिङ हुन लागेको हो ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले ट्याक्टिल ट्रेनिङ दिने छन् ।
ट्याक्टिल ट्रेनिङका लागि २८ खेलाडी डाकिएको छ ।
यस अघि बैशाख १ गते ट्याक्टिल ट्रेनिङ भएको थियो ।
ट्याक्टिल ट्रेनिङका लागि डाकिएका खेलाडी –
गोलकिपरः किरण चेम्जोङ, अनिश देउला, दीप कार्की
डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द सिमान्त थापा, अन्जन महर्जन
मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणि कुमार लामा, दिपेश गुरुङ, सुदीप गुरुङ, लाकेन लिम्बु, आभास लामिछाने
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दीपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पी जंग कार्की


















