विदेश भ्रमणको कार्यतालिका सदनबाट पास गर्न माग

39

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेताहरूका विदेश भ्रमणको कार्यतालिका सदनबाट पास गर्न माग गरेकी छन्।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै नेपालको परराष्ट्र नीतिलाई संस्थागत गर्न विदेश भ्रमणको कार्यतालिका सदनबाट पास गर्नुपर्ने बताएकी हुन।

‘कुनैपनि सन्धी सम्झौतामा थाहै नदिई सुटुक्क हस्ताक्षर गरी नेपाल र नेपालीलाई बन्धक राख्ने प्रवृत्ति बन्द गर्नका लागि यो प्रणाली अपनाउनुपर्छ,’ उनले भनिन्।

यसो हुँदा मित्रराष्ट्रमा पनि नेपालको परराष्ट्र नीतिमा एकरूपता आयो भन्ने सन्देश जाने उनले बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here