महावीर पुनको जारी आन्दोलनमा पथलैया र सिमराका युवाकाे समर्थन

52

सिमरा । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौंको माइतीघरमा जारी आन्दोलनलाई समर्थन जनाउँदै पथलैया र सिमराका युवाले शनिबार प्रदर्शन गरेका छन्।

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन’को नारा लिएर माइतीघरको सडकमा धर्नामा बसेका पुनको आन्दोलनलाई समर्थन जनाउँदै युवाले प्रदर्शन गरेका हुन्।

स्थानीय युवाले पथलैया र सिमरामा प्लेकार्डसहित प्रदर्शन गर्दै पुनले उठाएका मागलाई सम्बोधन गर्न माग गरेका छन्। पथलैयाको मुख्य चोकमा गरिएको प्रदर्शनमा करिब ५० जना स्थानीयको सहभागिता रहेको थियो। सिमरामा युवाले प्रदर्शनलाई निरन्तरता दिने भएका छन्। उनीहरूले दैनिक एक घण्टा सिमराको चोकमा प्रदर्शन गर्ने भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here