हत्याको अभियोगमा आमा थुनामा र बुबाको जेलमा मृत्यु, छोरा बिचल्ली

36

म्याग्दीको बेनी नगरपालिका–९,घतानका ६ वर्षीय अबोध बालक खड्का आमा र बुबाको अभिशप्त कर्मको फल भोग्दै बिचल्लीमा परेका हुन्। अबोध बालकको दयनीय अवस्था देख्न नसकेर  बेनीकाहोटल व्यवसायी कृष्णप्रसाद बरुवालले खड्कालाई अस्थायी आश्रयमा लिएका छन्।

जिल्लाअदालत म्याग्दीले बच्चाका बुबा उत्तम खड्का र आमा निषा सुवेदी खड्कालाई  आफन्तको मनसायपूर्वक हत्याको कसुरमा दोषी ठहर गरेपछि खड्काकी आमा मनिषा जेल जीवन बिताइरहेकी छिन् भने बुबा उत्तमको जेलमा नै मृत्यु भएको छ।

आमाबाबुले गरेको गल्तीको सजाय उनले पनि केही समय जेलभित्रै बसेर बिताएका थिए। बेनीस्थित शिखर होटलका सञ्चालक बरुवालको अस्थायी संरक्षणमा रहेकाती बच्चाले बेलाबेलामा आमासँग बोल्न खोजेपछि कारागार प्रशासनलाई जानकारी गराउने गरेका छन्।

खाने,खेल्ने र रमाउने उमेरमा ती बालक बेसाहरा भएका छन्। उनलाई वरुवालले बेनीकै समता विद्यालयमा पढ्न पठाउँछन्। ‘पढाइ राम्रो छ, पढ्न मात्रै खोज्छ, आमा जेलमा परेपछि रेखदेख गर्ने मान्छे घरमा नहुँदा होटलमै राखेको छु’,बरुवालले भने।

जेलभित्रै रहेकी बच्चाकी आमा मनिषाले आफ्नो छोरालाई शिक्षा दीक्षाको लागि सहयोग गरिदिन देश विदेशमा रहेका मनकारी व्यक्तिहरू र संघसंस्थाहरूसँग अपिल गरेकी छन्।

आफू जेल परेको र बुबाको मृत्यु भएकाले बिचल्लीमा परेको छोराको पालनपोषण कुनै संस्था वा दाताले सहयोग गरिदिए ठूलो गुन मान्ने उनले बताइन्। ‘छोरालाई बाँच्न र पढ्न सघाउनुहोला, जेलबाट छुटेपछि जीवनभर तपाईको सेवा गर्नेछु’,मनिषाले भनिन्।

विदेशमा छु भन्दै छोरालाई फोन

कर्तव्य वा भवितव्य जुनसुकै प्रकारको अपराधमा लागेका भए पनि आफ्ना सन्तानका लागि आमाको मन वात्सल्यपूर्ण हुन्छ नै। अभिभावक जस्तै खराब भए पनि उसले आफ्ना सन्तानहरू खराब होउन् भन्ने चाहँदैन। मनिषाले पनिआफू जेलमा रहेको कुरा छोराले थाहा नपाओस् भनेर विदेशमा छु छोरा भनेर फोन गर्ने गरेकी छन्।

‘आमाछोराको फोनमा कुराकानी हुन्छ, छोरालाई विदेशमा छु भन्दै आमाको फोन आउँदा भावुक हुन्छु’,होटल शिखरका सञ्चालक बरुवालले भने।

मनिषाले छोरालाई वैदेशिक रोजगारीबाट १० बर्षपछि मात्रै फर्कने बताउने गरेकी छन्। मुलुकीअपराध संहिता २०७४ को दफा ४१ बमोजिम पुनारावेदन अदालत बागलुङले तोकेको सजाय भुक्तान गरी जेलबाट छुट्ने समयलाई उनले विदेशबाट फर्कन्छु भनेर छोरालाई फोनमा बताउने गरेकी छन्।

छोरालाई धेरै धन कमाएपछि मात्रै घर फर्कने भन्दै फोन गर्ने आमा मनिषा कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेकी छन्।आमा–छोराको मिठो खाने, राम्रो लगाउने अनि धेरै पढ्ने विषयमा भलाकुसारी हुन्छ।

यता बेनीनगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले आमाबुबाको अपराधको सजाय छोराले भोग्ननहुने भन्दै वडाले संरक्षण गरी सहयोग जुटाउने बताए।  ‘अवोध बालकनिमेशको भविष्यअँध्यारो भएको छ, सबैको साथ र सहयोगको आवश्यकता छ’, वडा अध्यक्ष केसीले भने।

उनले बच्चाको को नाममा माछापुच्छ्रे बैकमा खाता खोलिएकाले सोही खातामा ( Nimesh khadka, 0160969886900015 Machhapuchhre Bank Beni Branch मा सहयोग जुटाएर लालनपालन र उच्चशिक्षासम्मको पढाइ पूरा गर्ने बताए।

सन्तानको सबभन्दा ठूलो खुशी आमा हुने भएकाले आमाको अभाव हुन् नदिने गरी उचित संरक्षण गर्नुपर्नेमा उनले जोड दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here