काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिका-९ धारापानी चौकस्थित सडकमा बा.४ च ७८४६ नम्बरको कारले स.८ प १५४६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक धनुषा धनुषाधाम नगरपालिका-९ बस्ने ४० वर्षीय कुल बहादुर थापाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राम जानकी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झापाको दमक नगरपालिका-९ बरगाछीस्थित सडकमा प्र-१-०१-०१५ प ४२५१ नम्बरको स्कुटरलाई प्र १-०२-०४३ प ८५२३ नम्बरको मोटरसाइकलले शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका-३ बस्ने ३० वर्षीय विबेक धिमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
सिन्धुलीको कमलामाई नगरपालिका-२ पिपलभञ्ज्याङस्थित सडकमा बा.८ च ९१३५ नम्बरको कार अनियन्त्रित भई सडकबाट भिरमा खसेर आइतबार बिहान दुर्घटना हुँदा काभ्रे पनौती नगरपालिका-७ बस्ने ४२ वर्षीय शिवशरण भोछीभोया सहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका १ जनालाई जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
डुबेर मृत्यु
कास्कीको पोखरा महानगरपालिका-१७ पावरहाउस फुर्से खोलामा डुबेर सोही महानगरपालिका-१५ नयाँगाउँ बस्ने १५ वर्षीय रोनिष गुरुङको शनिबार दिउँसो मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुईजना मृत फेला
काठमाडौंको तारकेश्वर नगरपालिका-९ मनमैजु लोकतान्त्रिक चोक नजिक टहरामा बस्ने खोटाङ दिक्तेल नगरपालिका-४ घर भएका ६६ वर्षीय मनि प्रसाद राई आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्।
बाँकेको राप्तीसोनारी गाउँपालिका-१ तितेनिघारी बस्ने २६ वर्षीया अनिता घर्ती सोही ठाउँस्थित गाईलेख सामुदायिक वनको खोल्सामा शनिबार मृत अवस्थामा फेला परेकी छिन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
चट्याङ लागेर मृत्यु
ओखलढुंगाको खिजिदेम्वा गाउँपालिका-२ तोपाडाडा बस्ने ५७ वर्षीया देवमाया बुढाथोकीको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको छ। आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको मन्थली अस्पताल रामेछापमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
भीरबाट लडेर मृत्यु
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ बन्चरे बस्ने राम बहादुर पहरीकी छोरी २ वर्षीया आकांक्षा पहरीको सोही ठाउँस्थित पहरी भिरबाट लडेर शनिबार साँझ मृत्यु भएको छ। भिरबाट लडेर गम्भीर घाइते भएकी उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


















