एमालेलाई सरकारबाट हटाएपछि सामाजिक सुरक्षा भत्ता कार्यक्रममा अवरोध गरेको आरोप

41

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठवन्धन सरकारले नेकपा एमालेलाई सरकारबाट हटाएपछि सामाजिक सुरक्षा भत्ता लगायतका लोकप्रिय कार्यक्रममा अवरोध गरेको आरोप लगाएका छन् ।

अन्तराष्टिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारि गर्दै ओलीले भनेका छन् । “नेकपा (एमाले)लाई सरकारबाट हटाइएपछि सम्मानित, सुरक्षित श्रमजीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फका पाइलामा अवरोध पुग्यो ।

सामाजिक परिवर्तन, आर्थिक विकास र सुनिश्चित श्रमजीवन निर्माणको यात्रा अवरुद्ध हुन पुग्यो,” ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गरेर मात्र हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सक्छौँ र रोकिएका समृद्धिका हाम्रा पाइलाहरुलाई अघि बढाउन सक्छौँ । नेकपा (एमाले)को यस अभियानमा सबैको साथ र ऐक्यबद्धता रहनेछ भन्ने मेरो विश्वास छ ।”

ओलीले आफ्नो पार्टीको अगुवाइमा श्रमिकको अधिकार संविधानमा सुनिश्चित भएको जिकिर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here