उपेन्द्र यादवले पद तथा गोपनियताको शपथ लिए

65

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम् बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनियताको शपथ लिएका छन्।

यादवले आज (मंगलबार) सभामुख देवराज घिमिरेसमक्ष सिंहदरबारमा आयोजित समारोहका बीच शपथ लिएका हुन् । गत वैशाख १० मा भएको उपनिर्वाचनमा यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पाँच हजार भन्दा बढि मतले पराजित गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here