काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एसिया कप क्रिकेटमा छनोट भएकामा खेलाडी, प्रशिक्षक र सम्बन्धित पदाधिकारीलाई बधाई दिएका छन् ।
मंगलबार अपरान्ह एक बधाई सन्देश जारी गरी उनले युनाइटेड अरब इमिरेट्सलाई हराएर एसीसी प्रिमियर कपको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई दिएका हुन् ।
राष्ट्रपतिले भनेका छन्, ‘खेलको क्रममा नेपाली खेलाडीहरुले देखाउनुभएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु ।’


















