झापा । बिर्तामोड नगरपालिका-२ लालमाटीस्थित सावरीया प्लाई ईण्डष्ट्रिज प्रालिमा बुधबार दिउँसो आगलागी हुँदा चेन्जर मेसिन, सेक्सन मोटर, पावर केवल, टेबल कटर, ज्वाईन्टर, डस्टकलस्टर, जोईन्ट कटर मेसिन, कम्प्रेसन मेसिन लगायतका विभिन्न मेसिनहरू जलेर करिब ३५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


















