गृहमन्त्री बालकृष्ण खाँणद्वारा शान्तिसुरक्षाका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी

169

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिनुभएको छ ।

उहाँले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिनुभएको हो । गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरी जानकारी लिनुभएको हो ।

फोनवार्तामा गृहमन्त्री खाँणले जिल्लामा कोभिड–१९ सङ्क्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनु पर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर सोधपुच गर्नुभएको थियो ।

उहाँले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव ९सुनसरी०, काशीराज दाहाल ९मोरङ०, छविलाल रिजाल ९झापा०, कृष्णबहादुर कट्वाल (बारा), ध्रमेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही) सँग टेलिफोन वार्ता गर्नुभएको थियो ।

त्यसैगरी चक्रपाणी पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हिरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर) तथा नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग कुराकानी गर्नुभएको थियो ।

कञ्चनपुरका प्रजिअ पाण्डेले गृहमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्याङ्कबारे जतिबेला पनि जानकारी राख्न सजक गराएको बताउनुभयो । पर्साका प्रजिअ ढकालले गृहमन्त्री आफैले फोन गर्दा काम गर्ने हौसला मिलेको उल्लेख गर्नुभयो । RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here