चर्चित संगीतकार बिजु बज्रको निधन

171

बुटवल– चर्चित संगीतकार बीजु बज्राचार्यको निधन भएको छ । नेपाली सांगीतिक क्षेत्रका धरोहर बज्रजार्यको आईतवार ४८ बर्षको उमेरमा राजधानीको सिभिल अस्पतालमा हृदयघातबाट निधन भएको हो ।

उनी नेपाली सांगीतिक क्षेत्रका चर्चित संगीतकार थिए । उनले मै ठुली भैछु रे आइदेऊ घुम्टी ओढाइदेऊ, तिमी मभन्दा कोसौँ टाढा छौ, कुन रंगको कमी थियो, झरी परिरह्यो मनमा थामिदैन आँसु लगायत गीत सहित १४र१५ सय भन्दा बढी गीतमा सङ्गीत भरेका छन् ।

२०२८ सालमा जन्मिएका उनले २०४९ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा उतीर्ण गरेका थिए । उनी वामीटक्सारका जुठप्रसाद वैद्यचार्यका छोरा हुन् । उनका श्रीमती र ३ छोराछोरी रहेका छन् । बज्राचार्य मुटु रोगबाट पीडित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here