त्रिभुवन विश्वविद्यालयले स्थगित परीक्षा लिने

78

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण बढेपछि स्थगित गरेका परीक्षाहरु फागुन १ गतेदेखि सुरु गर्ने भएको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना जारी गर्दै फागुन १ गतेदेखि क्रमिक रुपमा परीक्षाहरु सञ्चालन हुने जनाएको छ।

यसअघि कोरोना संक्रमण बढेको भन्दै विश्वविद्यालयले माघ ९ गतेदेखि वार्षिक तथा समेस्टेर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here