सचेत रहाैं फ्रिजमा राखिएको चिसो पानी खाने बेलामा

122
Woman with bottle of fresh water near open fridge, closeup

काठमाडौं । गर्मीयाममा अत्यधिक तापक्रमका कारण शरीरलाई शितल बनाउनका लागि हामी चिसो पानी पिउँछौं ।

गर्मीयाममा शरीर हाइड्रेट राख्नका लागि हामी लिक्विड ड्रिङ्क्सको रुपमा साधारण पानीका साथै लस्सी, जुस र नरिवल पानीसहित विभिन्न किसिमका पेय पदार्थ सेवन गर्छौं ।

पानीको तापक्रमको असर स्वास्थ्यमा पर्छ । गर्मियाममा प्रायः मानिस चिसो पानी पिउन मन पराउने भएकाले फ्रिजमा राखिएको पानी पिउँछन् । प्याज बुझाउन र थकान कम गर्नका लागि मानिस जुन सुकै समयमा पनि चिसो पानी पिउँछन् ।

आयुर्वेदमा चिसो पानीलाई स्वास्थ्यका लागि नोक्सानदायक बताइएको छ । विशेष गरेर फ्रिजमा राखिएको चिसो पानी त कहिले पनि पिउनु हुँदैन । घामबाट आउनासाथ, व्यायामपछि अथवा खाना खाएको तुरुन्तै चिसो पानी पिउनाले शरीरमा नराम्रो असर पर्छ । गर्मीयाममा गलत समयमा गलत तरिकाले चिसो पानीको सेवन गर्नाले हुने नोक्सानी बारे जानकारी ।

पाचनमा प्रभाव

शरीरले कुनै पनि खाद्य पदार्थलाई आफ्नो तापक्रममा ल्याउने गर्छ र त्यसपछि पाचनका लागि पठाउँछ । तर अत्यन्त कम तापक्रमको खानेकुरा सेवन गर्दा शरीरले उक्त खानेकुरालाई आफ्नो तापक्रम अनुसार बनाउन थाल्छ, जसले गर्दा पाचन प्रक्रिया सुस्त हन्छ र अपचको समस्या उत्पन्न हुन्छ । चिसो पानीले पेटमा पाचन प्रक्रियालाई प्रभावित गर्छ । एउटा सर्वेक्षणका अनुसार चिसो पानीले ब्लड भेसल्स खुम्चाउने काम गर्छ, जसले पाचनको समस्या हुन्छ ।

घाँटी खस्खसाउनु

चिसो खाद्य पदार्थको सेवनले प्रायः घाँटि खराब हुन्छ । फ्रिजमा राखिएको पानी पिउनाले पनि घाँटिको समस्या उत्पन्न हुन्छ । त्यस्तै यदि खाना खाएको तुरुन्तैपछि चिसो पानी पिउँछौं भने त्यसले कफको समस्या हुनुको साथै सास फेर्ने नलि पनि खुम्चिन्छ । जसले गर्दा घाँटि खसखसाउने, कफ, रुघा र घाँटि सुनिने समस्या हुन्छ ।

मुटुको ढुकढुकीमा असर

चिसो पानीको सेवनले मुटुको ढुकढुकीमा पनि असर पर्छ । यसले मुटुको चाललाई कम गर्छ । एउटा अध्ययन अनुसार फ्रिजमा राखिएको चिसो पानी पिउनाले भेगस नर्भ स्टिम्यलेट हुन्छ । शरीरको अनेच्छिक कार्यलाई नियन्त्रित गर्ने काम नर्भले गर्छ । कम तापक्रमको पानी अथवा चिसो पानीको असर सोझै भेगस नर्भमा पर्छ, जसले मुटुको चाल कम हुन्छ ।

टाउको दुख्ने समस्या

घामबाट आउनासाथ तुरुन्तै यदि चिसो पानी अथवा बरफ हालेको पानी पिइयो भने त्यसले हाम्रो ब्रेन फ्रीज हुन्छ । चिसो पानीको सेवनले ढाडका विभिन्न नसालाई चिसो बनाउँछ, जसको असर मस्तिष्कमा पर्छ र टाउको दुख्न थाल्छ । साइनसको समस्याबाट ग्रसित मानिसका लागि यस्तो स्थितिले समस्या बढाउन सक्छ ।

वजन कम गर्न समस्या

जुन मानिसले वजन कम गर्न चाहान्छ, उसले चिसो पानीको सेवन गर्नु हुँदैन । चिसो पानीका कारण शरीरमा समावेश फ्याट बर्न हुन समस्या हुन्छ । फ्रिजको पानीले शरीरको बोसो कडा बनाउँछ, जसका कारण बोसो कम गर्न समस्या हुन्छ र वजन घट्न पाउँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here