प्रिमियर लिगमा लिभरपुलले बढायो शीर्ष स्थानको अंक दूरी

71

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत लिभरपुलले जित निकाल्दै शीर्ष स्थानको अंक दूरी बढाएको छ। सोमबार राति भएको खेलमा लिभरपुलले न्यूक्यास्टल युनाइटेडलाई ४–२ गोल अन्तरले हराउँदै शीर्ष स्थानको अंक दूरी बढाएको छ। लिभरपुलको जितमा मोहमद सलाहले २ तथा जोन्स र कोडी गोप्कोले १–१ गोल गरे। खेलको २२औं मिनेटमा पाएको पेनाल्टी मिस गर्दा सलाह ह्याट्रिक गर्नबाट चुके। ४९औं मिनेटमा डार्बिन नुनेजको पासमा सलाहले नै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० को अग्रता बनाएको लिभरपुल दोस्रो हाफको सुरुवातमै बराबरीमा आयो। ५४औं मिनेटमा गोर्डनको पासमा इस्काले गोल गर्दै न्यूक्यास्टललाई बराबरीमा ल्याएका थिए।

७४औं मिनेटमा जोटाको पासमा जोन्सले गोल गरेपछि लिभरपुलले २–१ को अग्रता बनायो। ७८औं मिनेटमा सालाहको पासमा गोप्कोले गोल गर्दै अग्रता दोब्बर बनाए। ८१औं मिनेटमा न्यूक्यास्टलका बोटम्यानले गोल गरेपछि खेल ३–२ को अवस्थामा आएको थियो।

८६औं मिनेटमा सलाहले पेनाल्टीमार्फत् गोल गरेपछि लिभरपुलले ४–२ को नतिजा निकाल्यो। जितसँगै २० खेलबाट ४५ अंकका साथ लिभरपुलले शीर्ष स्थानको अग्रता बढाएको छ। दोस्रो स्थानको एस्टन भिल्लाको ४२ अंक छ भने एक खेल कम खेलेको म्यानचेस्टर सिटी ४० अंकसहित तेस्रो स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here