शिरोमणि लेखनाथ पौड्यालको १४०औँ जयन्ती मनाइयाे

76

काठमाडौं । त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईद्वारा कवि शिरोमणि लेखनाथ पौड्यालको १४०औँ जयन्तीका उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा माल्यार्पण गरिएको छ । सोही अवसरमा प्रसाईले नाट्य सम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालीकमा पनि माल्यार्पण गरिन् ।

त्रिमूर्ति निकेतनद्वारा आयोजित उक्त कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्य सभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली भएको बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here