दाङ्ग । नेकपा (मसाल) का नेता चित्रबहादुर केसीले देशमा राजसंस्था ब्युतने सक्ने चेतावनी दिएका छन् । मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम नभए राजसंस्था ब्युतन सक्ने चेतावनी केसीले दिएका हुन् । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष समेत रहेका केसीले दुई तिहाइको बलियो सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न नसकेर जनतामा निराशा थप्दै गएमा मुलुकमा राजसंस्था ब्युतने खतरा रहेको औंल्याएका छन् ।
उनले दुई तिहाइको बलियो सरकारबाट जनताको ठूलो आशा रहेको भएतापनि खासै केही प्रभावकारी कदम नदेखिएको भन्दै जनतामा सरकार भएको महसुस नभए मुलुकमा राजसंस्था ब्युतने वा अध्यारो सुरुङ तर्फ देश जाने खतरा केसीले औंल्याएका छन् ।


















