काठमाडौं । नेपाल रिपब्लिक मिडियाले ३१ वैशाखदेखि प्राथमिक सेयर (आईपीओ) निष्कानस गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा ३१ वैशाखदेखि १४ जेठसम्म वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि आईपीओ जारी गर्ने लागेको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पूँजी ९६ करोड ७५ लाखको ४४.९९२२ प्रतिशतले हुने ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सधारण सेयर निष्कानस गर्ने स्वीकृति दिएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकति मूल्यमा आईपीओ निष्कासन गर्ने स्वीकृति पाएको हो ।
यस्तै सर्वसाधारणका लागि भने २६ जेठदेखि ३० जेठसम्म आईपीओ निष्कनसन गर्ने कम्पनीले प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि ८ जेठसम्म थप हुनेछ ।
कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।


















